Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

मंगलवार, असार ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
कोठा नं 5
इमेल kohalpuraao@gmail.com

प्रमुख सेवाहरु

इलाका प्रशासन कार्यालय काेहलपुरबाट राहदानी बनाउन के के कागजात चाहिन्छ ?
जिल्ला वा इलाका प्रशासन कार्यालयमा राहदानीकाे निमित्त आवेदन पेश गर्न चाहने आवेदकले जुन कार्यालयबाट नागरिकता वा नाबालक परिचयपत्र लिएकाे हाे, साेही कार्यालयमा स्वयम् उपस्थित भै आवेदन दिनुपर्दछ । नाबालिगकाे हकमा निज र निजकाे बाबु/अामा वा संरक्षक/माथवर व्यक्ति समेत उपस्थित हुनुपर्दछ ।

आवश्यक कागजातहरू

१. रीतपूर्वक भरिएकाे दरखास्त फाराम २ प्रति

२. नेपाली नागरिकताकाे प्रमाणपत्रकाे सक्कल र साेकाे छाँयाप्रति १ प्रति

३.६ महिना भित्र खिचेकाे मापदणड मिलेकाे फाेटाे ४ प्रति 

४. पहिले राहदानी बनाइसकेकाे भए साेकाे सक्कल र छाँयाप्रति १ प्रति

५. नाबालिगकाे हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएकाे नाबालक परिचयपत्र, निजकाे बाबु/आमाकाे नागिरकताकाे प्रमाणपत्र र साेकाे छाँयाप्रति सहित बाबु/अामा मभये कुनै एक स्वयम् उपस्थित हुनुपर्दछ । संरक्षक/माथवर व्यक्ति नियुक्त भएकाेमा संरक्षक/माथवर व्यक्तिकाे नागरिकताकाे प्रमाणपत्र तथा त्यसकाे छाँयाप्रति सहित संरक्षक/माथवर व्यक्ति उपस्थित हुनुपर्दछ ।

६. नागरिकता लिएकाे  जिल्ला वा इलाका प्रशासन कार्यालय बाहेक अन्य जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीकाे सिफारिस लिइ  आउने आवेदकहरूले बसाइसराइकाे प्रमाणपत्र वा अन्य कुनै कागजातकाे आधारमा भए साेही अनुसारका कागजात पेश गर्नुपर्ने ।

७. नागरिकतामा रहेकाे जन्ममिति र शैक्षिक याेग्यतामा रहेकाे जन्म मिति फरक परेमा शैक्षिक याेग्यताकाे प्रमाणपत्रमा रहेकाे जन्ममिति कायम गरी राहदानी लिनुपर्ने अवस्थामा एल्.एल.सी. वा साे सरह वा साे भन्दा माथिल्लाे तहकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र ।

अन्य आवश्यक विवरणका लागि कार्यालयमा राहदानी शाखामा सम्पर्क राख्नसकिने छ ।

 

 

Online MRP अावेदन गर्न लिंक खाेल्नुहाेस् । 
https://online.nepalpassport.gov.np/PreEnrollment/home.html


राहदानी विभागकाे वेवसाइटकाे लागि :►  https://nepalpassport.gov.np/



पछिल्लो अपडेट गरिएको : 2083-03-19 15:16:16

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके