कार्यालयकाे परिचय
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको कोहलपुर नगरपालिका वार्ड नं. ११ मा कोहलपुर नगर विकास समितिको परिसरभित्रको कोहलपुर नगर विकास समितिकै स्वामित्वमा रहेको भवनमा कार्यालय सञ्चालन भइ रहेको छ । यहाँका जनताको माग, चाहना र आवश्यकता अनुसार मिति २०७३/१२/२६ गतेका दिन माननिय गृह मन्त्री शक्ती बहादुर बस्नेत ज्यूबाट उद्घाटन गरी सेवा शुभारम्भ गरिएको हो ।
नेपाल सरकार गृह मन्त्रालयबाट संचालित यस कार्यालयले कोहलपुर नगरपालिकाका सबै वडाहरु, राप्तीसोनारी गाउँपालिका वडा नं. १,२,८,९ र बैजनाथ गाउँपालिकाको वडा नं. ८ बाहेक सबै वडाहरुलाई कार्य क्षेत्र बनाएर, नयाँ तथा प्रतिलिपि नागरिकताहरु जारी तथा वितरण गर्ने, जातवाती प्रमाणित,नाम/थर प्रमाणित, राहदानी सिफारिस तथा वितरण, राष्ट्रिय परिचय पत्र जारी, नाबालक परिचय पत्र, विभिन्न प्रमाणपत्रहरु प्रमाणिकरण तथा सिफारिस, बजार लगायत विभिन्न क्षेत्र तथा कार्यालयहरुको अनुगमन, निरिक्षण, समन्वय तथा रिपोर्टिङ, नागरिकहरुको उजुरी तथा गुनासो सुनुवाई तथा अन्य तोकिएका कार्यहरु सम्पन्न गर्नका लागि स्थापना गरिएको हो ।
