| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिकता सम्बन्धि |
|||||||||
|
क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा अनूसुची १ को फाराममा वडा कार्यालयकोे सिफारिश । बाबुको वा आमाको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपी र नाता प्रमाणित प्रमाणपत्र । बाबु आमा वा ना.प्र.प.बाट भिड्ने तीन पुस्ता भित्रको व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिाभावकको सनाखत । उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । दुवै कान प्रष्ट देखिने मुखाकृती सहितको फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । शैक्षिक प्रमाणपत्र हुनेहरुले शैक्षिक प्रमाणपत्रमा भएको जन्म मिति नै उल्लेख गर्ने । |
|||||||||
| 2 |
बंशजका आधारमा नयाँ नागरिकता |
|||||||||
|
ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा माथि खण्ड (क) मा उल्लेख भएका कागज पत्रहरुको अतिरिक्त निम्न कागजपत्रहरु समेत संलग्न हुनु पर्ने । स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । जग्गाधनी प्रमाणपत्र पूर्जा । घरको नक्सा पास प्रमाणपत्र । पानी, बिजुली, टेलिफोन महसुल कार्ड जस्ता घरबासको प्रमाण । बसाई सराई सरेर आउनेहरुको लागि बसाई सराई गरी आएको जिल्लाबाट बाबु÷आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो भिडेको अभिलेख प्राप्त हुनु पनर्छे । |
|||||||||
| 3 |
वैवाहिक अंगिकृत नागरिकता (महिलाको लागि) |
|||||||||
|
अनुसूची ७ को फाराममा वडा कार्यालयको सिफारिश । पतिको नेपाली ना.प्र.को प्रतिलिपी । विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी । विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको तीन पुस्ताभित्रको नातेदारको सनाखत । दुवै कान सहित प्रष्ट मुखाकृती देखिने फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति ) । भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा । अनुसूची बमोजिमको सपथ ग्रहण फाराम । |
|||||||||
| 4 |
कर्मचारी परिवारको नाताले |
|||||||||
|
जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिश पत्र । अनुसूचि १ – वंशज र अनुसूचि– ७ वैवाहिक अंगिकृतको स्थानीय तहबाट सिफारिस फाराम र आवश्यक कागजात २/२ प्रति । दुवै कान सहित मुखाकृती प्रष्ट देखिने नागरिकता साइजको फोटो २ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगिकृतका लागि) । पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्रको प्रतिलिपी । विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी । |
|||||||||
| 5 |
बंशज, वैवाहिक, अंगिकृत तथा जन्मसिद्ध नेपालीको नागरिकताको प्रतिलिपी |
|||||||||
|
१. रित पूर्वक निवेदन । २. नागरिकता प्रमाण पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण । ३. अन्य जिल्लाहरुबाट नागरिकता लिई बसाई सराई गरी आएका व्यक्तिको हकमा बसाई सराई प्रमाणपत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नुपर्ने छ । |
|||||||||
| 6 |
अङगिकृत नेपाली नागरिकता (अंगिकृत नेपाली नागरिकता प्राप्त व्यक्तिको त्यस्तो नागरिकता प्राप्त गर्नुभन्दा अघि जन्मेका सन्तानलाई दिईने ) |
|||||||||
|
१. अनुसूचि ८ को फाराममा गा.वि.स. भए अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुखको सिफारिस । २. पिताको अंगिकृत नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । ३. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । शैक्षिक प्रमाणपत्र हुनेहरुले शैक्षिक प्रमाणपत्र भएको जन्म मिति नै उल्लेख गर्ने । ४. दुवै कान प्रष्ट भएको फोटो ३ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । ५. अनुसूचि बमोजिमको सपथ ग्रहण फाराम । |
|||||||||
| 7 |
अंगिकृतक नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी |
|||||||||
|
१. रित पूर्वकको निवेदन । २. नागरिकता प्रमाणपत्र जारीमिति खुलेको प्रमाण । ३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालय सर्जमिन स्थलगत गरी पठाउनेहरु जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने । ४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपी दिइनेछ । |
|||||||||
| 8 |
राहदानी वितरण सम्बन्धी |
|||||||||
|
रितपुर्वक भरिएको दरखास्त फाराम २ प्रति । नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको छायाँप्रति १ प्रति । ६ महिना भित्र खिचेको मापदण्ड मिलेको पूर्ण रुपमा अगाडी फर्केको दुवै कान देखिने, आँखाले क्यामरामा हेरेको, टाउको पुरा र काँधको केहि भाग देखिने, मुख बन्द भएको, चहकिलो रंगको लुगा नलगाएको, मुखमा लिपिष्टिक नलगाएको र विशेष धार्मिक, साँस्कृतिक एवं स्वास्थ्य सम्बन्धि कारण बाहेक टाउको खुल्ला भएको र अनुहार ७० देखि ८० प्रतिशत सम्म ढाकेको ४५ मि.मि. ३५ मि.मि. साईजको रङ्गिन फोटो –४ प्रति । राहदानी दस्तुर जम्मा गरेकाे बैंक भाैचर (कृषी विकास बैंक, शाखा काेहलपुरमा रहेकाे खातामा जम्मा गर्नुपर्ने) । १६ वर्ष उमेर नपुगेका नाबालिगको हकमा नाबालक परिचयपत्र, निजको बाबु/आमाको नागरिकताको प्रमाणपत्र र सोको छाँयाप्रति सहित बाबु/आमा मध्ये कुनै एक स्वयम् उपस्थित हुनुपर्दछ । संरक्षक/माथवर व्यक्ति नियुक्त भएकोमा संरक्षक÷माथवर व्यक्तिको नागरिकताको प्रमाणपत्र तथा त्यसको छाँयाप्रति सहित संरक्षक/माथवर व्यक्ति उपस्थित हुनुपर्दछ । पहिले राहदानी बनाइ सकेको भए सोको सक्कल र छाँयाप्रति १ प्रति । अन्यत्र जिल्लाबाट बसाइसराइ गरी आएकाहरुको हकमा : माथि उल्लेखित कागजातका अतिरिक्त बसाइसराइ प्रमाणपत्र, नागरिकता बनेको जिल्लाबाट नागरिकता अभिलेख भिडान भएको पत्र । विवाहदर्ताका आधारमा ः अन्यत्र जिल्लाबाट विवाह गरी आएकाहरू महिलाहरूका लागि १-६ नम्बरसम्मका कागजात सहित विवाहदर्ता प्रमाणपत्र सक्कल र साेकाे छायाँप्रति १ थान, सम्बन्धित जिल्ला प्रशासन वा इलाका प्रशासनबाट नागरिकताकाे विवरण भिडान भएकाे जानकारी । कर्मचारी परिवारका आधारमा ः स्थायी ठेगाना अन्यत्र भइ यस जिल्लामा स्थायी सेवा (निजामती सेवा, नेपाल सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल विशेष सेवा) मा कार्यरत कर्मचारीले १-६ नम्बरसम्मका कागजात सहित सम्बन्धित कार्यरत कार्यालयकाे संकेत नं., पद, दर्जा र कार्यरत रहेकाे मिती लगायत विवरण खुलाइएकाे राहदानी बनाउने प्रयाेजनकाे सिफारिस पत्र, परिचयपत्र समेत थप गर्नुपर्नेछ । अन्य कुनै जानकारीका लागि राहदानी शाखामा सम्पर्क राख्न सकिनेछ । |
तोकिएको कागजात र प्रक्रिया पुरा भएपछि राहदानीका लागि आवेदन भएमा राहदानी विभागबाट यन्त्रवाचक राहदानी तयार भई कार्यालयमा प्राप्त भएपछि राहदानी वितरण गरिने छ । |
||||||||
| 9 |
द्रुत सेवाको लागि राहदानी सिफारिस (विभागबाट राहदानी प्राप्त गर्ने गरी) |
|||||||||
|
माथि राहदानीका लागि उल्लेखित कागजातका अतिरिक्त कारण समेत खुलाइ द्रुत सिफारिसका लागि निवेदन । | |||||||||
| 10 |
नाबालक परिचयपत्र तथा प्रतिलिपी |
|||||||||
|
तोकिए बमाजिमको निवेदन फाराम । (डाउनलाेडबाट फाराम डाउनलाेड गर्न सकिनेछ ।) नाबालकको जन्मदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपी । बुवा/आमाकाे नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । नाबालिगकाे शैक्षिक योग्यताको प्रमाणपत्र भए सोको प्रतिलिपी । आवेदककाे ३ प्रति पासपोर्ट साइजको फोटो । विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको जन्म सर्टिफिकेट । कर्मचारी परिवार भए सो कर्मचारी कार्यरत कार्यालयकाे सिफारिस पत्र पनि संलग्न राख्नुपर्ने । बसाई सराई गरी आएको हकमा बसाइसराइ प्रमाणत्र थप गर्नुपर्ने । नाबालक परिचय पत्रको प्रतिलिपीको लागि सरोकारवालाले निर्धारित ढाँचाको निवेदन पेश गर्नुपर्ने । दस्तखत दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनुपर्ने । |
|||||||||
| 11 |
नाम, थर, उमेर फरक परेकोमा सो सच्याउने सम्बन्धी |
|||||||||
|
क. नामथर सम्बन्धि नागरिकता प्रमाण पत्रको प्रतिलिपी । एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र । जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र । सम्बन्धित गा.वि.स.÷नगरपालिकाको सिफारिस (प्रमाणपत्र लिएको ६ महिना भित्र निवेदन दिईसक्नु पर्नेछ ।) ख) उमेर सम्बन्धि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । एस.एल.सी. का् वा उमेर खुलेको प्रमाण पत्रको प्रतिलिपी । सम्बन्धित जि.वि.स÷नगरपालिकाको कार्यालय÷गा.वि.स.को सिफारिस । जिल्ला शिक्षाका कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र (उमेर खुलेको प्रमाणपत्र लिएको ६ महिना भित्र निवेदन दिइसक्नुपर्नेछ । ) उल्लेखित कागजात सहित सम्बन्धित व्यक्तीकाे निवेदन । |
|||||||||
| 12 |
कुनै व्यहोरा प्रमाणित सन्दर्भमा |
|||||||||
|
मानसिव व्यहोरा खुलको निवेदन । स्थानीय निकायको सिफारिश तथा प्रहरी सर्जमिन मुचुल्का । माग भएको व्यहोराक प्रमाणित गर्नुपर्ने विषय हेरी थप कागज आवश्यक पर्न सक्नेछ |
|||||||||
| 13 |
साविकमा जारी भएका नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी सम्बन्धमा |
|||||||||
|
नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहित कार्यालय प्रमुखलाई सम्बाेधन गरी निवेदन दिनुपर्नेछ । |
|||||||||
| 14 |
शान्ति सुरक्षा माग सम्बन्धी निवेदन |
|||||||||
|
व्याहोरा खुलको निवेदन |
|||||||||
| 15 |
गुनासो व्यवस्थापन तथा सूचना माग गर्ने सम्बन्धी व्यवस्था |
|||||||||
|
व्यहोरा खुलेको निवेदन | |||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .